Date
आइत, बैशाख ५, २०७८
Sun, April 18, 2021

बिरेन्द्र श्रेष्ठ र टिका प्रसाईको ‘फूल फुल्यो केशरी’ रिलिज ( भिडियो )

अष्ट्रेलियाको ब्रिसबेनमा अवस्थित ड्रिम फिटले निर्माण गरेको गायिका टिका प्रसाई र गायक बिरेन्द्र श्रेष्ठको स्वरमा रहेको डान्सिङ शैलीको गीत ‘फूल फुल्यो केशरी’ को भिडियो सार्वजनिक भएको छ । अमेरिका निवासी गीतकार पुष्कर पन्तको शब्द र राहुल प्रधानको संगीत रहेको गीतको भिडियोलाइ ओएसआर डिजिटलको युट्युब च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो। गीतको भिडियोमा अभिनय र नृत्यकलालाइ अगाडि बढाइरहेका किरण मगर, निक्की श्रेष्ठ ,स्माइली श्रेष्ठ र किशोरी बिस्टको दमदार नृत्य रहेको छ ।
किरण मगर र निक्की श्रेष्ठद्वारा संचालित ड्रिम फिटमा अमृता जी सी , स्माइली श्रेष्ठ र किशोरी बिस्ट मेम्बर रहेका छन जसको मुख्य उद्धेश्य नै नेपाली लोक नृत्यको जगेर्ना र डान्सरहरुलाई सहयोग गर्नु रहेको छ । सुदीप बिस्टको सिनेमाटोग्राफी र सम्पादन रहेको भिडियोलाई किरण मगरको कोरियोग्राफी र निर्देशनमा तयार भएको हो ।

तपाईको प्रतिक्रिया

...र यो पनि