Date
आइत, बैशाख ५, २०७८
Sun, April 18, 2021

रमेश बने रेडियो नेपालको उत्कृट गीतकार

नेपाली गीत-सङ्गीतको क्षेत्रमा अत्यन्तै महत्वपूर्ण रुपमा हेरिने राष्ट्रब्यापी आधुनिक सङ्गीत प्रतियोगितामा भाग लिएर उत्कृस्ट हुन बर्षौसम्म सङ्गीतकर्मीहरु प्रयाशरत रहन्छन् तर कमैले मात्रै सफलता पाउने गर्दछन् । रमेशले भने २०६६ सालमै पहिलो पटक ‘ पूर्वको
बादल जल्यो’ बोलको गीतका लागि उत्कृस्ट स्थान प्राप्त गरेका थिए भने यो पटक ‘बाटाभरिका तगारा छिचोल्न सकूँ’ बोलको गीतले उत्कृस्ट स्थान प्राप्त गरेको हो l कार्यक्रममा उत्कृस्ट गीत सङ्गीतकार डेनी निरौलाको सङ्गीत र गायिका सिर्जना गुरागाईंको स्वरमा प्रस्तुत भएको थियो प्रतियोगितामा गायन तर्फ शुभाश मण्डल गायनमा प्रथम, शंकर स्माइल सङ्गीत तर्फ प्रथम भएका थिए ।
२०७७ चैत्र १८ गते रेडियो नेपालको प्रांगणमा दर्शकहरुको बाक्लो उपस्थितिमा आयोजित आधुनिक गीत प्रतियोगितामा देशभरिबाट छानिएका ३१ ओटा गीत-सङ्गीत प्रस्तुत भएका थिए । चैत्र ११, १२, १३, र १५ गते सम्पन्न भएको पहिलो चरणको छनौट प्रतियोगितामा ५० गीतहरु प्रस्तुत भएका थिए भने ३१ ओटा गीतहरु प्रतियोगिताबाट अन्तिम चरणका लागि छानिएका थिए । प्रतियोगितामा सङ्गीत तर्फ तारा थापा, गायन तर्फ प्रकाश गुरुङ र गीत लेखन तर्फ सुबाशचन्द्र ढुंगेल सहितको निर्णायक समितिले निर्णय गरेको थियो । रेडियो नेपालले २०२२ सालदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ जसमा उत्कृस्ट हुने कलाकारले नेपाली गीत-सङ्गीतमा उल्लेख्य नाम आर्जन गर्न सक्छ भन्ने देखाउछ भन्ने देखाउछ lनारायण गोपाल, भक्तराज आचार्य, दिप श्रेष्ठदेखि रामकृष्ण ढकाल, अन्जु पन्त, शिब परियार लगायत हिजो र आजका प्रसिध्द सङ्गीतकर्मीहरुले यस्तै प्रतियोगिताबाट आफ्नोसांगीतिक यात्रा सुरु गरेका थिए।

तपाईको प्रतिक्रिया

...र यो पनि