Date
आइत, बैशाख ५, २०७८
Sun, April 18, 2021

अस्ट्रेलियामा पन्जाबी गीतको भिडियो निर्देशनमा रुचाइका निर्देशक रसाइली

पछिल्लो समय नेपाल बाहिर बसेर पनि नयाँ नयाँ नेपाली गीतको म्युजिक भिडियो निर्माण र निर्देशन गर्ने व्यक्ति तथा कम्पनीहरु दिनानुदिन बढ्दै गैरहेका छन् । हिजोआज नेपालबाहिर हङकङ ,अमेरिका ,बेलायत र अस्ट्रेलियामा नेपाली गीतको म्युजिक भिडियो निर्माण हुने गरेको छ । अहिले नेपालपछि सबैभन्दा बढी नेपाली भिडियो निर्माण हुने ठाउँ हो अस्ट्रेलिया । नेपालमा रहदा भन्दा बाहिर त्यो पनि अस्ट्रेलियामै रहेर म्युजिक भिडियो निर्देशनमा ब्यस्त व्यक्ति हुन् जीवन रसाइली । रसाइलीले करिब ४ बर्षदेखि अस्ट्रेलियामै बसेर धेरै भिडियोहरु निर्देशन गरिसकेका छन् । हाल उनी नेपाली म्युजिक भिडियोको अलावा पछिल्लो समय पन्जाबी गीतका भिडियो निर्देशनमा ब्यस्त रहन थालेका छन । अस्ट्रेलियामा नै बन्ने धेरै पन्जाबी भिडियोका निर्माताका रुचाइका निर्देशक हुन् जीवन रसाइली
उनले २०१८ देखि नै पन्जाबी गीतका भिडियोको निर्देशन सुरु गरेका थिए। त्यही बेलादेखि नै उनको निर्देशकीय कलाको त्यहाँ प्रशंसा हुन लाग्यो र उनी निरन्तर उनीहरुको रोजाइको भिडियो निर्देशक बन्न सफल भए ।
अष्ट्रेलियन प्राबिधिकहरु, अत्याधुनिक प्रविधिको क्यामेरा , ड्रोनको प्रयोग सहित अस्ट्रेलियाको बिभिन्न रमणीय स्थानहरु छायांकन गर्ने उनको भिडियोले सजिलै दर्शक र निर्माताको ध्यान तान्ने गरेको पाइन्छ ।
निर्देशक रसाइली निर्देशित Get Together भन्ने पन्जाबी गीतको भिडियो शनिबार मात्रै सार्वजनिक भएको छ यसअघि उनको धेरै पंजावी भोजपुरी ,अंग्रेजी गीतका भिडियो आइसकेका छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि