Date
आइत, बैशाख ५, २०७८
Sun, April 18, 2021

‘तिमी मेरै हौ’ लिएर गायिका श्रद्धा प्रसाई ( भिडियो )

झापाली गायिका श्रद्धा प्रसाईले आफ्नो पहिलो अफिसियल गीत ‘तिमी मेरै हौ’ सार्वजनिक गरेकी छिन । सुलभ घिमिरेको शब्द, संगीत र एरेन्ज रहेको गीतलाइ बिर्तामोडको सरगम स्टुडियोमा रेकर्ड गरिएको हो।
गीतको भिडियोमा आर्यन्, शालु कोइराला, श्रद्धा प्रसाई, सञ्जय अग्रवाल र अर्चना अधिकारी लगायतको अभिनय रहेको छ । विवेक राजवंशीले छायांकन , सौरभ सुनुवारको सम्पादन रहेको भिडियोको निर्देशन रोचक भट्टराईले गरेका छन् ।
लामो समयसम्म कभर गीतहरु गाउँदै आएकी प्रसाईले ”तिम्रो नै माया लाग्दछ साइला”, ”माछी काडैंले” जस्ता कभर म्युजिक भिडियो समेत गरेकी छिन् जसलाई दर्शकले धेरै मन पराएका थिए ।
‘तिमी मेरै हौ’लाइ गायिकाश्रद्धाकै आफ्नै युट्युब च्यानल Shraddha Prasai मार्फत सार्वजनिक गरिएको हो ।
https://www.youtube.com/watch?v=03kpUIVzbbk

तपाईको प्रतिक्रिया

...र यो पनि