Date
आइत, बैशाख ५, २०७८
Sun, April 18, 2021

दर्शकको रोजाइमा देउडा गीत ‘पास हुन्छु कि पिरतीमा’ ( भिडियो )

गायक एबं संगीतकार राम प्रसाद (आर.पी. ) अवस्थीको शब्द संगीत र स्वर रहेको देउडा गीत ‘पास हुन्छु कि पिरतीमा’ सार्वजनिक भएको छ ।भूमिराज म्युजिकको प्रस्तुति रहेको देउडा गीत ‘पास हुन्छु कि पिरतीमा’ आर.पी. अवस्थीको अलावा रेखा जोशी र साथीहरुको स्वर रहेको छ।
बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडियोमा लाल बहादुर धामी ,झरना बोहरा ,लक्ष्मण अधिकारी ,प्रदीप पाल र मन्जु महतको अभिनय रहेको छ । भिम थापाको निर्देशनमा बनेको भिडियोमा डी बी रौलेको क्यामेरा र प्रविन रेश्मी मगरको सम्पादन रहेको छ ।
भिडियोलाई भूमिराज म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको भिडियोलाई दर्शकले राम्रो राम्रो प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि