Date
आइत, बैशाख ५, २०७८
Sun, April 18, 2021

गीतकार सुमन योञ्जनको शब्दमा ‘फिदा’ सार्वजनिक ( भिडियो )

काठमाडौँ । अमेरिकाको पेन्सिलभिनिया राज्य निवासी हर्क राई र मधु राईको लगानीमा निर्मित बिल्कुलै नयाँ म्युजिक भिडियो ‘फिदा’ सार्वजनिक भएको छ।
प्रेमिल शैलीको यस गीतमा शब्द अमेरिकाको न्युयोर्क सहर निवासी गीतकार सुमन योञ्जनको रहेको छ। युवा युवती बीचको प्रेम र आकर्षणलाई व्यक्त गरिएको गीतमा स्वर दिपा लामा र सुमन केसीको रहेको छ। दिपक शर्माले संगीतवद्द गरेको यस गीतलाई साहस शाक्यले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा पल शाह र वर्षा राउत बीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन्। भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ। गम्भीर बिस्टको निर्देशनमा भिडियो तयार पारिएको हो। अमेरिकामा रहेर नेपाली भाषा साहित्यको संरक्षणको क्रियासिल निर्माता हर्क राई, मधु राई र गीतकार सुमन योञ्जनको सयुक्त लगानीमा निर्मित यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेका छन्। केन्द्र मोशन पिक्चर्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

तपाईको प्रतिक्रिया

...र यो पनि