Date
आइत, बैशाख ५, २०७८
Sun, April 18, 2021

युवा गायक कपिल सापकोटाको ‘तिमीलाई नै’ सार्वजनिक ( भिडियो )

काठमाडौँ । युवा गायक कपिल सापकोटाले आफ्नो नयाँ गीत ‘तिमीलाई नै’को लिरिकल भिडियो सार्वजनिक गरेका छन्।
पप भर्सनको यस गीतमा स्वर,शब्द र सगीत स्वयम् गायक कपिल सापकोटाको रहेको छ। वाकअले निर्माण गरेको लिरिकल भिडियोलाई ‘बाबा फिल्म्स प्रडक्शन’को अफ़िसिएल च्यानल मार्फत सार्वजनिक गरिएको हो।
अस्ट्रेलियाको मेलबर्न सहरमा बसेर नेपाली संगीतमा क्रियासिल गायक सापकोटाले यस गीतको अफ़िसिएल म्युजिक भिडियो छिट्टै सार्वजनिक हुने बताएका छन्।
यस अघि गायक सापकोटाले ‘छम छमी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका थिए। यस गीतको भिडियोलाई हेरेर प्रतिक्रिया दिन गायक सापकोटाले सबैमा आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया

...र यो पनि