Date
आइत, बैशाख ५, २०७८
Sun, April 18, 2021

‘निर्दोष माया’को साथमा आए आयुष र प्रतिभा ( भिडियो )

काठमाडौँ । झापामा रहेका १४ वर्षीय प्रतिभाशाली गायक आयुष खतिवडाले रक भर्सनमा आधारित गीत ‘निर्दोष माया’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
यस गीतमा शब्द गायक खतिवडाका बुवा विकल खतिवडाको रहेको छ। गीतमा स्वयम् गायक खतिवडाको संगीत र संगीत संयोजन रहेको छ। उनले ट्रीनिटी कलेज अफ लन्डन बाट म्युजिक अध्ययन समेत गरेका छन्। हाल उनी धुलाबारी झापामा रहेको होरिजन स्कुलमा ९ कक्षामा अध्यनरत छन् र एडी म्युजिक एकेडेमी, काकरभित्तामा संगीत सिक्दै छन्।
म्युजिक भिडियोमा गायक आयुष खतिवडा र प्रतिभा कटुवाल बिचको स्कुले प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ। ज्याज प्रडक्शनले निर्माण गरेको यस भिडियोमा श्रीजन प्रजापतिको छायांकन रहेको छ। भिडियोमा अनिल न्यौपाने क्रियटिभ सुपरभाइजर रहेका छन्।
पुनम शाक्य निर्मात्री रहेको यस भिडियोलाई अमन महर्जनको सम्पादन र निर्देशनमा तयार पारिएको हो। गायक खतिवडाको आधिकारिक च्यानल ‘आयुष खतिवडा’ मार्फत भिडियो सार्वजनिक भएको हो।

तपाईको प्रतिक्रिया

...र यो पनि