Date
आइत, बैशाख ५, २०७८
Sun, April 18, 2021

तिलकको संगीत, कृष्णको स्वरमा ‘टिकटक क्विन: सुपरम्यान” सार्वजनिक ( भिडियो )

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गायक कृष्ण ढकालले ‘टिकटक क्विन: सुपरम्यान’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
डान्सिङ शैलीको यस गीतमा गायक ढकाललाई उदयमान गायिका रचना रिमालले स्वरमा साथ दिएकी छिन्। गीतमा शब्द, संगीत तिलक बस्नेत रहेको छ। यस गीतलाई रमेश सिन्चुरीले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा पल शाह , दुर्गेश थापा, गरिमा शर्मा र रुचि बिश्वासको धमाकेदार नृत्य देख्न सकिन्छ। राजिव समरले कोरियोग्राफी गरेको यस भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन्। भिडियोमा विवेक सुनारको सम्पादन रहेको छ। शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो।
शाह प्रडक्शन फिल्म्सका संस्थापक चन्दन शाह निर्माता रहेको यस गीतको भिडियोलाई को ‘शाह प्रडक्शन फिल्म्स’ आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। यस प्रडक्शन छिट्टै नै पल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘हृदय भरी’ छिट्टै रिलिजको तयारीमा छ।

तपाईको प्रतिक्रिया

...र यो पनि