Date
सोम, फाल्गुन २४, २०७७
Mon, March 8, 2021

रमेशलाई फेरी अर्को उत्कृस्ट आधुनिक गीतकारको अवार्ड

दोलखाली गीतकार रमेश दहालले फेरी अर्को उत्कृस्ट आधुनिक गीतकारको अवार्ड चुमेका छन् l दोस्रो नाट्यश्वर म्युजिक अवार्ड २०७६ मा गीतकार रमेश दहालले उत्कृष्ट आधुनिक गीतकारको अवार्ड जितेका हुन् l यहि माघ २५ गते नुवाकोटको बिदुर नगरपालिका स्थित होटल यांग्रामा सम्पन्न अवार्ड कार्यक्रममा रमेशलाई ‘पूर्वको बादल’ बोलको गीतका लागि अवार्ड प्रदान गरिएको हो l
एक हजार अधिक आधुनिक गीत लेखिसकेका रमेश विगत तीन दसकदेखि लेखनमा सक्रिय छन् l रमेशका दुई ओटा गीतिसङ्ग्रह प्रकाशित भएका छन् साथै उनले तीन दर्जन अधिक सांगीतिक एल्बममा गीत लेखिसकेका छन् l
पूर्व शिक्षा तथा स्वास्थ्य मन्त्रि अर्जुन नरसिंह केसीको प्रमुख आतिथ्यमा सम्पन्न अवार्ड कार्यक्रममा उत्कृस्ट आधुनिक गीतकारको अवार्डको लागि गीतकार होमनाथ न्यौपाने, हिमाम्सु रायमाझी, प्रतिमा गुरुङ, बीबी थापा र रमेशका गीतहरु नोमिनेसनमा थिए l
नेपाली सङ्गीत क्षेत्रका बिशिस्ट व्यक्तित्वको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा नेपाली गीत-सङ्गीतका क्षेत्रमा लामो समयदेखि योगदान दिएका संगीतकार राजु सिंहलाई दिर्घ जीवन साधना सम्मान प्रदान गरिएको थियो l
कार्यक्रममा रमेशकै शव्दमा बनेको अर्को गीत ‘ ए झन्डा’ ले ध्वनी सम्पादक भोला पौडेललाई समेत उत्कृस्ट ध्वनी सम्पादकको अवार्ड जिताएको थियो ।
४८ विधामा रास्ट्रिय स्तरमा ख्याती प्राप्त गीतकार, गायक, गायिका तथा कलाकारहरुले अवार्ड चुमेका थिए l अवार्ड प्रदान गरिएको ‘पूर्वको बादल’ बोलको गीतमा भानु थापाको सङ्गीत र सुप्रशिद्ध गायक दीप श्रेष्ठको स्वर सुन्न सकिन्छ।

तपाईको प्रतिक्रिया

...र यो पनि