Date
सोम, फाल्गुन २४, २०७७
Mon, March 8, 2021

ट्रेन्डिङमा गीतकार दुर्लभ केसीको ‘ज्यानमारा मुस्कान’ ( भिडियो )

काठमाडौँ । लोक स्टार विजेता गायक शनि विश्वकर्मा र समीक्षा अधिकारीको युगल गायनमा समावेश ‘ज्यानमारा मुस्कान’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा दुर्लभ केसीको शब्द रहेको छ भने आशिष अविरलको संगीत र संगीत संयोजन रहेको छ। युवा युवती बिचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतको म्युजिक भिडियोमा नायक पल शाह र स्वस्तिमा खड्काको धमाकेदार नृत्य देख्न सकिन्छ।
सुबोल थापाले कोरियोग्राफी गरेको यस गीतको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन। भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ। भरत बहादुर बस्नेत र दुर्लभ केसी निर्माता रहेको यस भिडियोलाई गम्भीर बिस्टको निर्देशनमा भिडियो तयार पारिएको हो।

तपाईको प्रतिक्रिया

...र यो पनि