Date
सोम, फाल्गुन २४, २०७७
Mon, March 8, 2021

सिद्धान्त र सिर्जना फिचर्ड अनिल श्रेष्ठ ‘सम्राट’ निर्देशित ‘ओइ माया’ रिलिज (भिडियो)

टेलिभिजनमा कार्यक्रम प्रस्तोता ,निर्माता, भिडियो सम्पादक हुदै निर्देशक बनेका अनिल श्रेष्ठ ‘सम्राट’ले निर्देशन गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रमोद खरेलको आवाज , रविलाल पाण्डेको शब्द रचना र बिजय बिमुनको संगीत रहेको गीत ‘ओइ माया’मा लाइ एस सिने प्रोडक्सन हाउसले निर्माण गरेको हो ।
‘ओइ माया ओइ माया ओइ माया किन किन तिमीसँग बोल्न मन लाग्छ ,मनको कुरा तिमीसँग खोल्न मन छ ओइ ओइ माया ओइ माया’ गीतको भिडियोमा सिद्धान्त पौडेल र सिर्जना घिमिरेको रमाइलो अभिनय हेर्न सकिन्छ । दर्जनौ नेपाली चलचित्रमा प्रोडक्सन म्यानेजर भएर काम गरिसक्नु भएका मोडेल सिद्धान्त पौडेलले यसअघि करिब २ दर्जन म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका छन् ।
हरि बहादुर लामाको छायाँकन ,कविता थामीको नृत्य निर्देशन र कमल एक्चै मगरले सम्पादन गरेको भिडियोलाई युट्युबमा राम्रो राम्रो प्रतिक्रिया आइरहेको छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि