Date
सोम, फाल्गुन २४, २०७७
Mon, March 8, 2021

सर्वाधिक रुचाइएको पुनम मोथेको ‘पहिलो माया’ अब मेल भर्सनमा आउदै

लोकप्रिय गीतकार पुनम मोथेले पछिल्लो समयको आफ्नो चर्चित गीत ‘पहिलो माया’लाइ अब मेल भर्सन पनि चाडै ल्याउन लाग्नु भएको छ । करिब २ महिना पहिला मात्रै रचना रिमालको अवाजमा समाबेश गीत ‘पहिलो माया’लाइ अत्यधिक मन पराइएपछि अब गायक निशान भट्टराईको स्वरमा मेलभर्सनमा आउन लागेको हो । शंकर थापा ”स्माइल”को संगीत र उदयराज पौडेलको एरेन्जमेन्ट रहेको प्रेम कथामा आधारित गीतको भिडियोलाई गीतकार पुनमको आफ्नै अफिसियल युट्युब च्यानल ‘ Poonam Mothey Official’ बाट सार्वजनिक हुदै छ । ‘पहिलो माया’को मेल भर्सनको भिडियोको पनि छायांकन सकिसकेको छ भने गीतकार पुनम मोथेले ‘पहिलो माया’को सम्पूर्ण टिम , स्रोता दर्शक र मिडियाहाउसलाई धेरै धेरै कृतज्ञता ब्यक्त गर्नु भएको छ ।
बिदेशमा रहेर पनि नेपाली सांगीतिक छेत्रमा निरन्तर लागिरहनु भएकी गीतकार मोथेको यसअघि ‘पहिलो माया’ बाहेक ‘झुठो रैछ तिम्रो माया’ र ‘सयौं जुनी’ गीतहरु सर्वाधिक रुचाइएका गीतहरु हुन ।
हेर्नुहोस सर्वाधिक रुचाइएको गीत पहिलो माया

तपाईको प्रतिक्रिया

...र यो पनि