Date
मङ्ल, माघ १३, २०७७
Tue, January 26, 2021

माघ एक गते रिलिज हुदै ध्रुव प्रसाद अम्गाईको ‘माया तिरिरीरी’

आफना हरेक सिर्जना सार्वजनिक हुँदा चर्चामा रहँदै आएका अहिलेका चर्चित गीतकार ध्रुव प्रसाद अम्गाईले अर्को नयाँ गीत माघ एक गते आफ्नो जन्मदिनको अबसर पारेर सार्वजनिक गर्दै छन । लगातार लोकप्रियताको शिखर चढिरहेका गीतकार ध्रुब प्रसाद अम्गाईले नेपाली समसामयिक बिषयमा आधारीत ‘माया तिरिरीरी’ गीत सार्वजनिक गर्न लागेका हुन् । रचना रिमाल र प्रताप दासको स्वर , राज सागरको संगीत अनि साहास शाक्यको एरेन्ज रहेको गीतको भिडियोमा सुधिर श्रेष्ठ र समिक्षा पोखरेलको अभिनय रहेको छ । शिशिर श्रेष्ठको निर्देशन, ज्ञानेन्द्र शर्माको क्यामेरा , सुबोल थापाको कोरियोग्रफी र अमृत चापागाईको सम्पादन रहेको भिडियोलाई एनाक्षी इन्टरटेण्टमेन्टको युट्युब च्यानलले बजार ब्यब्स्थापन गरेको हो भने जनता डिजिटल फिल्म्सको पोष्ट प्रोडक्शनमा भिडियो निर्माण गरिएको हो ।

तपाईको प्रतिक्रिया

...र यो पनि