Date
आइत, बैशाख ५, २०७८
Sun, April 18, 2021

अमेरिकाबाट ‘पूर्णेको जून ‘ लिएर आउदै तिलचन आचार्य

अमेरिकाको पिट्सबर्ग, पेन्सीलभानिया निवासी सफल गीतकार तिलचन आचार्य र उहाको धर्मपत्नी पबित्रा आचार्यको युगल स्वरमा रहेको नयाँ गीत ‘पूर्णेको जून ‘को म्युजिक भिडियो छिट्टै नै सार्वजनिक हुने भएको छ । तिलचन आचार्यको शब्द , र रन खड्का (बिहानी किरण )को संगीत र फणिन्द्र राईको एरेन्जमेन्ट रहेको गीतलाई नगरकोटको रमणीय स्थलमा छायांकन गरिएको छ । धेरै गीतहरु लेखिसक्नु भएको तिलचन आचार्यको नै लगानीमा भिडियोको निर्माण गरिएको हो। पछिल्लो समयका ब्यस्त ,कुशल युवा निर्देशक प्रहिल कार्कीले भिडियोको निर्देशन गरेका छन् ।
गीतकार आचार्य त्यतिकै समाज सेवामा सक्रिय हुनुहुन्छ उहा पिट्सबर्गमा रहेको अटोनोमी होमकेयरको एजेन्सी डिरेक्टर हुनुहुन्छ । एउटा कुशल ब्यबथापकको रुपमामा चिनिने आचार्य हाम्रो क्रियटिभ क्रियसन च्यानलको सन्चालक समेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि