Date
आइत, बैशाख ५, २०७८
Sun, April 18, 2021

सरोज साजन र समिक्षा अधिकारीको ‘त्यस्तै त्यस्तैमा’ (भिडियो)

गायक सरोज साजन श्रेष्ठ र गायिका समिक्षा अधिकारीको स्वर रहेको गीत ‘त्यस्तै त्यस्तैमा’को भिडियो सार्वजनिक गरिएको छ । गीतमा यादव लम्सालको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ । सार्वजनिक भिडियोमा सुधिर श्रेष्ठ, श्रेया सिटौला, डिमोन क्षेत्री र रुबिशा श्रेष्ठको अभिनय हेर्न सकिन्छ ।

विधान कार्कीले निर्देशन गरेको भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका छन् । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोको सम्पादन भने विकास दाहालले गरेका हुन् । प्रकाश घिसिङको लगानीमा बनेको भिडियोलाई द डिभाइन म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस्:

तपाईको प्रतिक्रिया

...र यो पनि