Date
मङ्ल, माघ १३, २०७७
Tue, January 26, 2021

‘डान्स मास्टर लिल च्याम्स्’को औपचारिक घोषणा

नेपालमा डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल च्याम्स्’ सुरु हुने भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै यस रियालिटी शोको औपचारिक घोषणा गरिएको हो । १३ वर्षभन्दा कम उमेरका बालबालिकाले मात्र सहभागिता जनाउन पाउने यस शोको सुपर जजमा अभिनेत्री सारंगा श्रेष्ठ रहनेछिन् । जजको रुपमा भने डान्स इन्डिया डान्स लिल चाम्सकी विजेता तेरियामा मगर, डान्स प्लस सिजन २ का प्रतियोगी सुशान्त खत्री र बुगी विगी जस्तो रियालिटी शोमा करियोग्राफी गरिसकेकी रोहिया महर्जन रहनेछन् ।

यस शोको लागि पहिलो चरणको अडिसन डिजिटल रुपमा लिइने निर्देशक भण्डारीले जानकारी दिए ।

रियालिटी शोमा विजेताले २५ लाख नगद पुरस्कार पाउनेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमशः १५ लाख र १० लाख नगद पुरस्कार हात पार्नेछन् । निर्देशक भण्डारीका अनुसार विजेताले पाउने पुरस्कार आफ्नो करियोग्राफरसँग ५० प्रतिशत साझेदारी गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया

...र यो पनि