Date
आइत, बैशाख ५, २०७८
Sun, April 18, 2021

अमेरिकाबाट आयो रानीको ‘बैशालु जोवन’ (भिडियो)

नेपाली गायनकी चिर परिचित गायिका डा.रानी शाक्यको सुमधुर स्वर रहेको नयाँ गीत ‘बैशालु जोवन’को म्युजिक भिडियो सार्वजनिक भएको छ । समीर राइको शब्द र बिक्रम थापाको संगीत रहेको गीत भिडियोमा कमल सिंह र समिक्षा पोखरेलको अभिनय रहेको छ ।
बुद्ध थापाको सिनेमाटोग्राफी , सुशील पौडेलको सम्पादन रहेको भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन्। गायिका शाक्यको आफनै युट्युब च्यानल र संसारभर विभिन्न ७० वटा डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको हो । बिभिन्न डिजिटल प्लेटफर्ममा अनि गायिका रानीका गीतहरु त्यतिकै धेरै सुनिएका छन ।

हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिले सम्म ४० वटा भन्दा बढी गीतहरु आइसकेका छन। आधुनिक , डान्सिङ गीत, लभ भर्सनका गीतहरुको साथै चलचित्रको पार्श्व गायनमा समेत आफुलाई अब्बल सावित बनाइसकेकी छिन । यसअघि ‘संसार फेर्न’ गीतबाट ‘नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७७’ मा सर्वोत्कृष्ट गायिकाको अवार्ड हात पार्नु भएकी गायिका शाक्य यही पुस १५ गते हुने स्पर्श म्युजिक अवार्डमा ‘ढलक ढलक’ गीतबाट सर्वोत्कृष्ट गायिकाको नोमिनेशनमा पर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि