टिकटक स्टार रेश्माले गरिन प्रभात सँग इन्गेजमेन्ट,बिवाह कहिले त् ?

अभिनेत्री तथा टिक टक स्टार रेश्मा घिमिरेले इन्गेजमेन्ट गरेकी छन् । उनले बुधवार विराटनगरको एक होटलमा प्रभात बासुसँग औंठी साटा-साट गरेकी हुन्।
इन्गेजमेन्ट समारोहमा दुवै पक्षका परिवारको उपस्थिति रहेको थियो । रेश्माले आफ्नो सामाजिक संजाल प्रभात संग इन्गेजमेन्ट गरेको तस्बिरहरु सार्वजनिक गरेकी छिन।
प्रभात बासु अमेरिकामा बस्दै आएका छन् भने उनि पेशाले चिकित्सक हुन्। रेश्मा र प्रभात लामो समय देखि प्रेम सम्बन्धमा थिए। उनीहरुको विवाहको मिति भने तय भएको छैन ।
टिकटकमा १२ लाख फलोअर्स कमाएकी रेश्माको हातमा थुप्रै म्युजिक भिडियोहरु पाईप लाइनमा छन्।
थप समाचार

तपाईको प्रतिक्रिया