Date
आइत, बैशाख ५, २०७८
Sun, April 18, 2021

दयाहाङ र लक्ष्मीको ‘सुनन परानै दिन्छु २’ सार्वजनिक (भिडियो सहित)

गायक तथा संगीतकार हरि लम्साल र गायिका मेलिना राइको स्वरमा समावेश गीत ‘सुनन परानै दिन्छु २‘ सार्वजनिक भएको छ। ‘परानै दिन्छु’को सफलता पछी ‘सुनन’ गीत ‘परानै दिन्छु भाग २‘ को रुपमा तयार पारिएको हो । सार्वजनिक भिडियोमा नायक दयाहाङ राई र नायिका लक्ष्मी वर्देवाको अभिनय हेर्न सकिन्छ। प्रल्हाद शाहको शब्द र हरि लम्सालको संगीत रहेको गीतको भिडियोलाई निकेश खड्काले  निर्देशन गरेका हुन्।

गाउँ घरमा पानी घट्टामा अन्न पिस्न जादा यूवा-युवती विच हुने प्रेम र आकर्षणको कथालाई भिडियोमा देखाउने कोशिस गरिएको छ।

तपाईको प्रतिक्रिया

...र यो पनि