रणबीरकै बिल्डिंगमा आलियाले किनिन् ३२ करोड पर्ने अपार्टमेंट

बलिवुड नायक रणबीर कपूर र आलिया भट्टको जोडी आजकल आफ्नो फिल्म भन्दा नि प्रेम सम्बन्धका कारण चर्चामा छन्। लामो समय देखि उनीहरु प्रेम सम्बन्धमा रहेको भारतीय मिडियाले दाबी गर्दैआएको छ। हालै आलियाले रणवीर बस्ने बिल्डिंगमै एक अपार्टमेंट खरिद गरेकी छिन। भारतीय संचार माध्यमका अनुसार आलियाले भारु ३२ करोडमा अपार्टमेंट खरिद गरेकी हुन् जसको क्षेत्रफल २४६० स्क्वायर फिट रहेको छ। उनले बान्द्राको पाली हिलस्थित एक बिल्डिंगमा अपार्टमेन्ट किनेकी हुन्, जहाँ रणवीरको पनि अपार्टमेन्ट छ । रणबीर उक्त बिल्डिंगको ७औं तल्लामा बस्दै आएका छन् छ भने हाल आलियाले खरिद गरेको अपार्टमेन्ट ५औं तल्लामा पर्छ।
हाल आलिया बहिनि शाहीन भट्ट संग जुहूस्थित घरमा बस्दै आएकी थिईन भने अब चाँडै नै नयाँ अपार्टमेन्टमा सर्दैछिन् । रणबीर र आलिया चाँडै नै अयान मुखर्जी निर्देशित फिल्म ‘ब्रह्मास्त्र’मा देखिँदैछन् ।
थप समाचार

तपाईको प्रतिक्रिया