Date
आइत, बैशाख ५, २०७८
Sun, April 18, 2021

प्रभासको ‘आधीपुरुष’ मा कृती सेननको इन्ट्री

बाहुबली नायक प्रभास पछिल्लो समय ‘आधीपुरुष’ नामक उनको नया फिल्मका कारण चर्चामा छन्। मेगाबजेट एपिक ड्रामा ‘आधीपुरुष’  फिल्ममा प्रभास भगवान् रामको भूमिकामा देखिदैछन् भने नायक सैफअली खान लंकेश अर्थात् रावणको भूमिकामा देखापर्दैछन्। हालै फिल्ममा नायिकाको रुपमा कृती सेनन फाइनल भएको भारतीय मिडियाले दाबी गरेका छन् । कृती सिताको भूमिकामा प्रभासको अपोजिटमा देखापर्दैछिन। भारतीय मिडियाका अनुसार ‘आधीपुरुष’ फिल्मको लागि निर्माण टिमले सीताको भूमिकाको लागि अनुष्का शर्मा, कियारा आडवाणी साथै साउथ नायिका अनुष्का शेट्टी कृती सुरेशको पनि नाम माथि पनि विचार गरेता पनि अन्त्यमा कृती फाइनल भएको जनाएको छ। कृती हाल फिल्म ‘हम दो हमारे दो’को छायांकन शुटिंगमा ब्यस्त छिन।

हाल प्री-प्रोडक्शन चरणमा रहेको फिल्म ‘आधीपुरुष’लाई ओम राउतले निर्देशन गर्दैछन् । फिल्म सन् २०२२ को अगष्ट ११ मा रिलिज हुने भएको छ।

तपाईको प्रतिक्रिया

...र यो पनि