Date
आइत, बैशाख ५, २०७८
Sun, April 18, 2021

साई श्रीनिवास बलिउडमा डेब्यू गर्दै

पछिल्लो समयको तेलुगु सिनेमाका चर्चित अभिनेता साई श्रीनिवास बेल्लमकोन्डा बलिउडमा डेब्यू गर्दैछन् । उनले बलिउडमा इन्ट्री गर्न एस.एस राजामौलीप्रभासको सुपरहिट सिनेमा ‘छत्रपति’को हिन्दी रीमेकलाइ रोजेको हुन्। यो सिनेमालाई पेन स्टूडियोका जयन्ती लाल गढाले निर्माण गर्दैछन् । सन् २०१४ मा सुपरहिट एक्शन सिनेमा ‘एल्लुडु सीनु’ बाट डेब्यू गरेका साई श्रीनिवासको एकपछि अर्को फिल्मले बक्सअफिसमा सफलता पाइरहेको छ भने उनको फ्यान फलोइङ पनि लोभ लाग्दो नै छ।

पेन स्टूडियोका जयन्ती लालका अनुसार ”फिल्मको कहानी एकदमै राम्रो छ यो कहानी लाई राम्रोसँग प्रस्तुत गर्न हामीलाई साउथका एक ठूला सुपरस्टार चाहिएको थियो, त्यसैले हामीले साई श्रीनिवासलाई लिएका हौं।”

तपाईको प्रतिक्रिया

...र यो पनि