Date
सोम, माघ ५, २०७७
Mon, January 18, 2021

वरुण र सारा अभिनित ‘कुली नम्बर १’ को ट्रेलर सार्वजनिक(ट्रेलर सहित)

बलिवुड नायक वरुण धवन र नायिका सारा अली खान अभिनित कमेडी फिल्म ‘कुली नम्बर १’ को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्मको ट्रेलर कमेडीले भरिपूर्ण छ । ‘कुली नम्बर १’ वरुणका पिता डेविड धवनले निर्देशन गरेका ४५ औं फिल्म हो ।

फिल्म ‘कुली नम्बर १’ डेविडले नै १९९५ मा निर्देशन गरेका गोविन्दाकरिश्मा कपूर अभिनित सुपरहिट फिल्म ‘कुली नम्बर १’ कै रिमेक हो। यसको रिमेकमा भने गोविन्दा र करिश्मा दुवै छैनन्। वरुण र सारा संगै फिल्ममा परेश रावल ,जोनी लिवर ,राजपाल यादव, लगायतको कलाकारहरुको अभिनय रहेको छ। पहिला यो फिल्मलाई थिएटरमा रिलिज गर्ने योजना बनाएता पनि अब भने फिल्म अमेजन प्राइम भिडियोमा २५ डिसेम्बरमा रिलिज हुदैछ ।

तपाईको प्रतिक्रिया

...र यो पनि