Date
आइत, बैशाख ५, २०७८
Sun, April 18, 2021

‘टम एन्ड जेरी’ कार्टुन अब फिल्मको रुपमा ठूलो पर्दामा (ट्रेलरसहित)

कार्टुन फिल्म र एनिमेटेड फिल्म हेर्ने दर्शकको संख्या अन्य फिल्मको जतिकै छ। आजकल जुन सुकै उमेर समूहका दर्शक माझ पनि कार्टुन फिल्म लोकप्रिय भैरहेको छ। त्यस्तै हरेक उमेर समूहका दर्शकले रुचाउने चर्चित कार्टुन हो ‘टम एन्ड जेरी’‘टम एन्ड जेरी’ कार्टुन भन्ने बितिकै जेरी नामको मुसा र टम नामको बिरालोको लडाइ-झगडा र माया-प्रेमको दृश्य हाम्रो मानसपटलमा नाच्न थाल्छ। त्यही चर्चित कार्टुन  ‘टम एन्ड जेरी’अब ठूलो पर्दा अर्थात् फिल्ममा पनि देखिने भएका छन्।  ‘टम एन्ड जेरी’फिल्मलाई टिम स्टोरीले निर्देशन गर्दैछन् भने फिल्मलाई केविन कस्टेल्लो लेखेका हुन्। केहि समय अगाडी फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ भने फिल्म सन् २०२१ रिलिज हुदैछ।

‘टम एन्ड जेरी’फिल्ममा टम र जेरी पात्रसँगै कोल ग्रेस मोरिज, माइकल पेन्ना, रोब डेलाने, कोलिन जोस्ट र केन जोङलगायतको अभिनय हेर्न सकिन्छ।

तपाईको प्रतिक्रिया

...र यो पनि