वरुण, सारा अभिनित कमेडी फिल्म ‘कुली नम्बर १’ को पोस्टर सार्वजनिक

बलिवुड नायक वरुण धवन र नायिका सारा अली खान अभिनित कमेडी फिल्म ‘कुली नम्बर १’ को पोस्टर सार्वजनिक गरिएको । पोस्टरमा सारा ट्रेडिशनल पहिरनमा देखिएकी छन् भने वरुणलाई पाँच फरक फरक गेटअपमा देख्न सकिन्छ । पोस्टर रिलिज हुने बितिकै यो फिल्म प्रति दर्शकमा कौतुहलता सिर्जना भएको छ । ‘कुली नम्बर १ु वरुणका पिता डेविड धवनले निर्देशन गरेका ४५ औं फिल्म हो । निर्माण टिमले पहिला यो फिल्मलाई थिएटरमा रिलिज गर्ने योजना बनाएता पनि अब भने फिल्म अमेजन प्राइम भिडियोमा रिलिज हुदैछ । फिल्मको ट्रेलर २८ नोवेम्बेर मा रिलिज हुदैछ।
फिल्म ‘कुली नम्बर १’ डेविडले नै १९९५ मा निर्देशन गरेका गोविन्दा र करिश्मा कपूर अभिनित सुपरहिट फिल्म ‘कुली नम्बर १’ कै रिमेक हो।
थप समाचार

तपाईको प्रतिक्रिया