Date
आइत, बैशाख ५, २०७८
Sun, April 18, 2021

सत्य र स्वरूपको ‘मैसाब’ गीतको भिडियो सार्वजनिक, पलको दोहोरो भूमिका (भिडियो सहित)

गायक तथा संगीतकार सत्यराजस्वरुपराज आचार्यको स्वरमा समावेश ‘मैसाब‘ गीतको भिडियो सार्वजनिक भएको छ । कवाली फ्लेवरको यो गीतमा संगीत स्वयं गायक सत्यराज र स्वरुपराज आचार्यको रहेको छ भने अमृत खतिवडा र सत्य–स्वरुपकै शब्द रहेको छ। भिडियोमा नायक पल शाहलाई दोहोरो भूमिकामा देख्न सकिन्छ भने छुकिला शेर्पाको पनि अभिनय हेर्न सकिन्छ। सार्वजनिक भएको म्युजिक भिडियोले दरवारिया शैलीको झल्को दिन्छ ।

कैलाश राईको निर्माणमा बनेको भिडियोलाई कोरियोग्राफी दीपकराज सुनारले गरेका छन् भने भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन्।

तपाईको प्रतिक्रिया

...र यो पनि