Date
सोम, माघ ५, २०७७
Mon, January 18, 2021

‘मिर्जापुर २’ का ‘रबिन’ बिवाह गर्दै

चर्चित वेब सिरिज ‘मिर्जापुर’को नया सिजन ‘मिर्जापुर २’ हालै रिलिज भएको थियो जसलाई दर्शकहरुले अत्यधिक रुचाएका थिए। ‘मिर्जापुर २’ सिजनमा नया कलाकारहरु मध्ये चर्चित नाम हो प्रियांशु पैनयुलि अर्थात् रबिन । प्रियांशु पैनयुलिले ‘मिर्जापुर २’ मा ‘रबिन’ को भूमिकामा अभिनय गरेका थिए। उनि चाडै नै एक्टर डांसर वंदना जोशी संग बिवाह गर्दैछन्। भारतीय संचार माध्यमका अनुसार यही आउदो २६ नोवेम्बेर मा प्रियांशुले आफ्नो लामो समय सम्म प्रेमिका रहेकी वंदना संग देहरादूनमा बिवाह गर्दैछन। उनले यही बर्षको सुरुवातमा बिवाह गर्ने योजना बनाएका थिए तर कोरोना कहरले गर्दा बिवाह सारेका थिए। प्रियांशु र वंदना दुल्हा तर्फबाट २५ जना र दुलही तर्फबाट २५ जना गरि केवल ५० जना जम्मा भै सम्पूर्ण सरकारी गाइडलाइंसलाई पालना गर्दै बिवाह गर्दैछन्।

मिर्जापुर २ पछी प्रियांशु चाडै नै नायिका तापसी पन्नूको साथमा फिल्म ‘रश्मि रकेट’ मा देखा पर्दैछन भनी अन्य केहि वेब सीरीजमा पनि अभिनय गर्दै छन्।

तपाईको प्रतिक्रिया

...र यो पनि