Date
आइत, बैशाख ५, २०७८
Sun, April 18, 2021

‘बोक्सीको घर’ निर्माण गर्ने तयारीमा केकी

नायिका केकी अधिकारीले चलचित्र ‘कोहलपुर एक्सप्रेस’ पछि नयाँ चलचित्र ‘बोक्सीको घर’ निर्माण गर्ने पक्का भएको छ । ‘बोक्सीको घर’ नामक नाटकलाई चलचित्रमा उतार्न लागेको केकीले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएकी हुन। ‘बोक्सीको घर’ नाटक को लेखन तथा निर्देशन सुलक्षण भारतीले गरेकी हुन् भने नाटकमा अभिनेत्री सरिता गिरीको एकल अभिनय गरेकी थिइन् । केकी अधिकारी फिल्मस्ले निर्माण गर्ने चलचित्रमा नायक गौरव पहारी र नायिका केकी अधिकारीको मुख्य भूमिका रहनेछ भने चलचित्रलाई सुव्रतराज आचार्यसुलक्षण भारतीले संयुक्त रुपमा निर्देशन गर्ने भएका छन्। अन्य कलाकारहरूको छनौट भने अडिसन मार्फत हुने साथै आगामी साताबाट नै खुला अडिसन गरिने पनि निर्माण टिमले बताएका छन् ।

सामाजिक कथावस्तुमा निर्माण हुन लागेको चलचित्र बोक्सीको घर’ लाई वरिष्ठ रंगकर्मी एवं निर्देशक बद्री अधिकारीले निर्माण गर्दैछन् भने चलचित्रको कार्यकारी निर्माता विशाल भण्डारी हुन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि