Date
मङ्ल, माघ १३, २०७७
Tue, January 26, 2021

लोक-दोहोरी कार्यक्रम ‘इन्द्रेणी’ अब हिमालय टेलिभिजनबाट प्रशारण हुने

लोक तथा दोहोरी गीतको कार्यक्रम ‘इन्द्रेणी’ अब हिमालय टेलिभिजनबाट प्रशारण हुने भएको छ । कोरोना महामारीका कारण कार्यक्रम केहि महिना रोकिएको थियो।  तर अब भने ‘हिमालय इन्द्रेणी’ को नामबाट हरेक दिन सााझ ६ बजेदेखि हिमालय टेलिभिजनबाट कार्यक्रम प्रसारण हुने कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले जानकारी दिएका छन । एबिसी टेलिभिजनबाट १० बर्षदेखि प्रसारण हुँदै आएको यो कार्यक्रम इन्द्रेणी समाजले उत्पादन गर्दै आइरहेको छ ।

नेपाली लोकगीत संगीतको संरक्षण र प्रर्बद्धन गर्दै असहाय एवं पिछडीएका मानिसलाई सेवा गर्ने उदेश्य बोकेको कार्यक्रम इन्द्रेणी लोकगीत संगीतका पारखीमाझ निकै लोकप्रिय छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि