Date
मङ्ल, माघ १३, २०७७
Tue, January 26, 2021

अक्षय कुमारको फिल्म ‘खिलाडीयों का खिलाडी’मा यी ब्यक्तिले गरेका थिए अंडरटेकरको भूमिका

बलिवुड नायक अक्षय कुमारको सन् १९९६ मा रिलिज सुपरहिट फिल्म ‘खिलाडीयों का खिलाडीमा’ अंडरटेकरको पनि भूमिका थियो। फिल्ममा अक्षय कुमारको र अंडरटेकरको फाइट सिनहरुलाई दर्शकहरुले अत्यधिक रुचाएका थिए। अक्षयको खेलाडी सिरिजहरुमा आज पनि ‘खिलाडीयों का खिलाडी’ उनको करिअरमा विशेस फिल्म मानिन्छ। तर त्यो बेला फिल्मका लागि अंडरटेकर जस्तो रेसलिंगको दुनियाको ठुलो स्टारलाई लिन सोचे जस्तो सजिलो थिएन। ‘खिलाडीयों का खिलाडी’ फिल्मका निर्माण टिमले त्यो बेला अंडरटेकर जस्तै देखिने ब्रायन ली नाम गरेका ब्यक्तिबाट अंडरटेकरको भूमिकामा पर्दामा देखाएका थिए। ब्रायन ली एक रेसलर थिए जसको आफ्नै गज़बको फैन फलोइंग थियो।

जहाँ अंडरटेकरको हाइट ६ फिट १० इंच थियो भने ब्रायन लीको ६ फिट ७ इंच थियो यसरी अंडरटेकरको जस्तै पर्सनालिटी र अनुहार
मेल खानेभएसी फिल्ममा काम गर्ने मौका पाएका थिए। फिल्ममा ब्रायन ली लाई अझ खतरनाक अवतारमा प्रस्तुत गरिएको थियो।

WWE रेसलिंग को दुनियाको अंडरटेकर ठुलो नाम हो। उनको लोकप्रियता विश्वभर नै रहेको छ हालै ,उनले रेसलिंगबाट रिटायरमेंट लिएका छन् जसबाट उनको फ्यानहरु निराश पनि भएका छन् भने कतिले सामाजिक संजाल मार्फत  उनलाई ट्रिब्यूट पनि दिईरहेका छन्।

तपाईको प्रतिक्रिया

...र यो पनि