Date
सोम, माघ ५, २०७७
Mon, January 18, 2021

भारती सिंह र हर्ष लिंबाचियालाई डिसेम्बर ४ सम्म न्यायिक हिरासतमा राख्न अदालतको आदेश

चर्चित कमेडियन भारती सिंह र उनका पति हर्ष लिंबाचियालाई डिसेम्बर ४ सम्म न्यायिक हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।नारकोटिक ड्रग्स एन्ड साइकोट्रापिक सब्सटेंसेज अदालतले ड्रग्सको मुद्दामा गिरफ्तारमा परेका यी जोडीलाई यस्तो आदेश दिएको हो । यधपि, दुबै जनाले जमानतका लागि निवेदन दिईसकेका छन् जसको सुनुवाई सोमबार अर्थात् आज हुँदैछ । भारतीलाई कल्याण जेल र हर्षलाई तलोजा जेलमा राखिएको छ ।

सुशान्तसिंह राजपूतको मृत्युको मामिलामा बलिउडको ड्रग कनेक्सन अन्तरगत एनसीबीका अधिकारीहरुले शनिबार भारतीको घरमा छापा मार्दा ८६.५ ग्राम गाँजा बरामद गरेको थियो जसमा दुबै दम्पतीले साथमा गाँजा लिने गरेको स्विकार गरेका थिए।

तपाईको प्रतिक्रिया

...र यो पनि