Date
आइत, बैशाख ५, २०७८
Sun, April 18, 2021

भारती सिंह र उनका पति हर्ष लिम्बाचिया जमानतमा छुटे

चर्चित भारतीय हास्य कलाकार भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई मुम्बई अदालतले सोमबार जमानतमा छाड्न अनुमति दिएको छ।

एनसिबीले उनीहरूको घरबाट ८६.५ ग्राम गाँजा बरामद गरेपछि शनिबार पक्राउ गरेको थियो। उनीहरूले जमानतको लागि अदालतमा निवेदन दिएका थिए।  सुशान्तसिंह राजपूतको मृत्युको मामिलामा बलिउडको ड्रग कनेक्सन अन्तरगत एनसीबीका अधिकारीहरुले थप्रै बलिवुड कलाकारहरु माथि लागुऔषध प्रयोगका बारेमा जाँच गरिरहेको छ।

तपाईको प्रतिक्रिया

...र यो पनि