अजय सिंह भए ‘इन्डियाज बेस्ट डान्सर’ सिजन १ को विजेता

भारतीय रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर’ सिजन १ को विजेता ‘टाइगर पप’ का नामले चर्चित अजय सिंह भएका छन। ‘इन्डियाज बेस्ट डान्सर’ को स्टेजबाट उनी ‘पपिङ स्टाइल’ को नृत्यका लागि चर्चित छन्। बिजेता घोषित भएसँगै उनि भारु १५ लाख रकम र एक शानदार कारबाट सम्मानित भएका छन्। कार्यक्रमको फिनालेमा अजय सिंह ,मुकुल गेन, स्वेता वारियर, परम्दिप सिंह र सुब्रनिल पल सहित ५ प्रतिस्पर्धी मध्ये ४ प्रतिस्पर्धीलाई उछिन्दै अजयले इन्डियाज बेस्ट डान्सरको उपाधि हात पारेका हुन्। भोटिङ मार्फत विजेता हुने कार्येक्रमको नियम अन्तर्गत क्रमश पहिलो स्थानमा अजय सिंह,दोस्रो स्थानमा मुकुलगेन र स्वेता वारियर तेस्रो स्थानमा पर्न सफल भएकी थिईन। ‘इन्डियाज बेस्ट डान्सर’ सिजन १ को विजेता भए संगै अजयले भने ‘‘आफ्नो बाल्यकाल देखिको सपना आज पुरा भयो अब अर्को एउटा सपना छ ऋतिक रोशन र टाइगर श्राफ जस्तो कलाकारलाई कोरियोग्राफ गर्न चाहन्छु”।
‘इन्डियाज बेस्ट डान्सर’ कार्यक्रमको जजका रुपमा मलाइका अरोरा, गीता कपुर, टेरेंस लिविस र अभिनेत्री नोरा फतेही थिए।
थप समाचार

तपाईको प्रतिक्रिया