Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

प्रशान्त ताम्राकार बाहिरिए ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ बाट

हिमालय टेलिभिजनबाट प्रशारण भैरहेको रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को शोबाट प्रशान्त ताम्राकार बाहिरिएका छन। प्रशान्त ताम्राकार र कोरियोग्राफर पार्टनर स्वेत्ना योञ्जनले जोडीको रुपमा हाल सम्म शोमा १० वटा फरक फरक विधामा प्रस्तुती दिएका थिए । शोको नियम अनुसार जजको मत र दर्शकको भोटको आधारमा एक जना प्रतिस्पर्धीले मञ्च छाडेर जानु पर्ने हुन्छ। यो साता प्रशान्त ताम्राकार र स्वेत्ना योञ्जन ,ज्योति मगर र लाउरे सिंह, ,देवान्शु बैदावा र सिदार्थ श्रेष्ठ सहित ३ जोडी बटम ३ मा परेका थिए।

 

‘नाच्न नै नजानेको मान्छे लाई टप ७ सम्म पुराई दिन्नु भएको मा दर्शकहरुलाई  धन्यबाद भन्दै ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ का सबै टिम र प्रतियोगीहरू आफ्नो परिवार जस्तै आत्मीय भएका कारण शोबाट बाहिरिदा दुख लागेको” प्रशान्तले बताए। प्रशान्त ताम्राकार बाहिरिएसँगै अब शोमा जना स्टार्स र उनीहरुको कोरियोग्राफर पार्टनरहरु रहेका छन्। रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा निर्णायकको रुपमा दिलिप रायमाझी, गौरी मल्ल र रेनशा वान्तवा राई रहेका छन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि