Date
बिहि, फाल्गुन २०, २०७७
Thu, March 4, 2021

आर्यन सिग्देल नयाँ चलचित्र ‘डिसेम्बर फल्स’ मा आबद्ध

नायक आर्यन सिग्देलले नयाँ चलचित्र ‘डिसेम्बर फल्स’ मा आबद्ध भएका छन् । चकलेटी नायकको छवि भएका आर्यन लामो समयपछि नयाँ फिल्म मार्फत पर्दामा देखापर्दैछन्। रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको शनिवार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको छ । ‘डिसेम्बर फल्स’ एक लभस्टोरी थ्रिलर फिल्म हो जसलाई भारतीय टेलिभिजन तथा फिल्म उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्दैछन । फिल्ममा आर्यन सिग्देल संगै सलोन बस्नेत, सुमन थापा, नगेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारहरुको अभिनय रहनेछ भने नायिकाको लागि हाल सम्म टुंगो नलागेको निर्माण पक्षले जानकारी दिएको छ।

२०७८ साउन १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको छायांकन भने माघको ४ गतेबाट सुरु हुनेछ । चलचित्रको यूनिट र कथावस्तु मन परेपछि आफू काम गर्न तयार भएको आर्यनको भनाई छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि