Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

आमिर, शाहरुख र सलमान एकै साथ पर्दामा आउदै ?

बलिउड नायक आमिर खानको बहुप्रतीक्षित चलचित्र ‘लालसिंह ‘चड्डा’मा तीन खान अर्थात् आमिर, शाहरुख सलमान एकै साथ पर्दामा देख्न सकिने भएको छ। यी तीन बलिउडका सुपरस्टारहरुलाई एक साथ हेर्न चाहने दर्शकहरुको चाहना अब पुरा हुने भएको छ। भारतीय मिडिया अनुसार आमिर खान र करिना कपुरको मूख्य भूमिका रहेको यस चलचित्रमा शाहरुख खान र सलमान खानले केमियो गर्दैछन। ‘लालसिंह चड्डा’ मा शाहरुख ९० को दशकको सुपरहिट फिल्म ‘दिलवाले दुल्हनियाँ लजाएंगे‘ को चर्चित क्यारेक्टर ‘राज मल्होत्रा’को रुपमा देखिने छन भने सलमान सुपरहिट फिल्म ‘मैने प्यार किया’, ‘हम आपके है कौन’ र ‘हम साथ साथ है’ बाट चर्चित ‘प्रेम’ क्यारेक्टरको रुपमा पर्दामा देखापर्दैछन्। यस फिल्ममा शाहरुख खानलाई २५ बर्षे देखाउन भिएफएक्स आदिले काम गरिएको छ ।

फिल्म ‘लाल सिंहचड्ढा’ टॉम हैंक्स अभिनीत हॉलिवुड फिल्म ‘फॉरेस्ट गम्प’ को हिन्दि अडैप्टेशन हो।

तपाईको प्रतिक्रिया

...र यो पनि