रकुलप्रीत सिंह बिकनी लुकमा बिन्दास

मल्दिब्स आजकल बलिवुड सिताराहरुको लागि मन पर्ने भ्याकेसन डेस्टिनेशन बन्दै गइरहेको छ। कोरोना भाइरसको कारणले भएको लकडाउन पछी बलिवुड कलाकारहरु धमाधम छुट्टि मनाउन गइरहेका छन्। एली अवराम, तारा सुतारिया, टाइगर श्रॉफ़ र दिशा पाटनी पछी हाल अभिनेत्री रकुलप्रीत सिंह मल्दिब्समा भ्याकेसन मनाउन ब्यस्त छिन। सामाजिक संजालमा रकुलले भ्याकेसनको विभिन्न तस्बिरहरु सार्वजनिक गरेकी छिन। हालै उनले आफ्नो बिकनी लुक सामाजिक संजालमा पोस्ट गरकी छिन। ग्रीन र अरेन्ज कलरको बिकनी पहिरनमा रकुललाई समुन्द्री किनारमा आनन्दित मुडमा देख्न सकिन्छ।
केहि समय आगाडी सुशान्त सिंह राजपुत मृत्यु मामिलामा ड्रग्स केसमा उनको नाम मुछिएको थियो।
उनि छिटै नै अजय देवगन र अमिताभ बच्चनको साथ स्क्रिन सेयर गर्दै छिन।
थप समाचार

तपाईको प्रतिक्रिया