Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

चर्चित कमेडियन भारती सिंहको घरमा छापा

सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा बलिउडको ड्रग कनेक्सन सार्वजनिक भएपछी लागु औषध ब्युरोले थुप्रै बलिउड कलाकारहरु माथि कारवाही तीब्र रुपमा अगाडी बढाएको थियो। यसै क्रममा एनसीबीका अधिकारीहरुले ‘द कपिल शर्मा शो’ कि चर्चित कमेडियन भारती सिंहको अंधेरी स्थित घरमा छापा मारेको भारतीय संचार माध्यममा उल्लेख गरेको छ। सुशान्त सिंह राजपूतको मृत्यु मामिलामा बलिउडको ड्रग कनेक्सन अन्तर्गत अनुसन्धान गर्न ब्युरो भारती सिंह र उनको श्रीमान हर्ष लिम्बाचियाको घरसम्म पुगेका हुन्।

यो भन्दा पहिले दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर र रकुल प्रीत सिंह ,अर्जुन रामपाल र गैब्रिएला डेमेट्रिएड्स लागयत थुप्रै संग ब्युरोले सोधपुछ गरिसकेको छ भने रिया चक्रवर्तीलाई सशर्त जमानत गरिसकेको छ।

तपाईको प्रतिक्रिया

...र यो पनि