Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

अक्षयकुमारले दर्ता गरे युट्युवर विरुद्ध मानहानी केस

मुम्बई । बलिउड अभिनेता अक्षयकुमारले राशिद सिद्दीकी नामको एक युट्युवरलाई ५०० करोड भारतीय रुपैयाँको मानहानी केस दर्ता गरेका छन् । राशिदले अक्षय कुमारलाई सुशान्त सिंह राजपुतको मुद्दामा केही गम्भिर आरोप लगाएका थिए । त्यसैले अक्षय उनी बिरुद्ध कानुनी उपचारमा उत्रेका हुन् ।

राशिदले बाहिर ल्याएको भिडियोमा अक्षयले रिया चक्रवर्तीलाई सहयोग गरेको आरोप समेत लगाएका थिए । त्यो भिडियो हेरेपछि अक्षयले राशिद बिरुद्ध भारतीय ५०० करोड रुपैयाँको मानहानीको केस दर्ता गरेका हुन् ।
ती युट्युबर यस अघि पनि सुशान्तको मुद्दामा गलत समाचार फैलाएको, सीएम उद्धव ठाकरे र उनका छोरा आदित्य ठाकरेको नाम लिएको आरोपमा पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया

...र यो पनि