Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

‘मालिङ्गो’मा राजेश हमाल र स्मीता दाहालको जोडी (भिडियो)

कोरोनाका कारण चलचित्र क्षेत्र ठप्प छ । तर, यो अवस्थामा म्युजिक भिडियोले भने राम्रो बजार लिइरहेको छ । धेरै जना चलचित्रका कलाकार म्युजिक भिडियोमा काम गरिरहेका छन् । महानायक राजेश हमाल पनि अहिले केहि भिडियोहरुमा देखिन थालेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मीता दाहालको जोडी भएर ‘मालिङ्गो’ बोलको गीतको म्युजिक भिडियोमा अभिनय गरेको छन् ।

स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतमा शब्द सुनिता नेपाल सुवेदीको रहेको छ भने संगीत राजनराज शिवाकोटीकै रहेको छ । उदयराज पौडेलको एरेन्ज र श्यामस्वेत रसाइलीको मिक्सिङ रहेको सार्वजनिक भिडियोको कथा, कन्सेप्ट र कोरियोग्राफी सुनिल क्षेत्रीको रहेको छ । भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन्, भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् भने सरोज ओलीले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोस्:

तपाईको प्रतिक्रिया

...र यो पनि