Date
बुध, मंसिर १०, २०७७
Wed, November 25, 2020

प्रभासको नयाँ फिल्म ‘आदिपुरुष’ को प्रदर्शन मिति घोषणा (हेर्नुस् ट्रेलर)

‘बाहुबली’ अभिनेता प्रभासको नयाँ फिल्म ‘आदिपुरुष’ को प्रदर्शन मिति घोषणा गरिएको छ । प्रभासले आफ्नो सामाजिक संजालबाट फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । ‘आदिपुरुष’ सन् २०२२, अगस्ट ११ मा रिलिज हुने भएको छ । मेगा बजेटमा निर्माण हुन लागेको यो फिल्ममा प्रभास  र सैफअलि खानको मुख्य भूमिका रहनेछ भने साउथ र बलिउडका ठूला कलाकारलाई पनि साइन गरिएको छ । पौराणिक ग्रन्थ रामायणमा आधारित हुने फिल्ममा प्रभास भगवान राम र सैफ लंकेशको भूमिकामा देखिनेछन्।

फिल्मकोलागि हाल सम्म नायिकाको भने टुंगो लागेको छैन। अर्को वर्षबाट छायांकन सुरु हुने फिल्मको हाल प्रि-प्रोडक्सनको काम भइरहेको छ । निर्देशक ओम राउतले निर्देशन गर्ने फिल्म ‘आदिपुरुष’ तमिल, मलयालम, कन्नड र हिन्दी भाषामा निर्माण हुनेछ ।

तपाईको प्रतिक्रिया