अन्तत शाहरुख खानले सुरु गरे फिल्म ‘पठान’ को शूटिंग

बलिवुड किंग खान शाहरुख खानले अन्तत आफ्नो कम्ब्याक एक्शन थ्रिलर फिल्म ‘पठान’को शूटिंग सुरु गरेका छन। सन् २०१८ मा आएको फिल्म ‘जीरो’को असफलता पछी शाहरुखले केहि समय फिल्मबाट ब्रेक लिएका थिए। आफ्नो करिअरमा एक पछी अर्को असफलता भैरहदा उनि रिस्क लिन चाहदैन्थ्ये जसको कारण उनले कयौ स्क्रिप्टहरु मध्येबाट यश राज फिल्म्सको फिल्म ‘पठान’ बाट कम्ब्याक गर्ने सोच बनाएका थिए। भरतीय संचार माध्यमका अनुसार शाहरुखले मुंबई स्थित यशराज स्टूडियोमा एक्शन पैक्ड ‘पठान’ को शूटिंग सुरु गरिसकेको छन भने, फिल्मको पुरै टिम लामो समय पछी शाहरुखलाई फिल्म सेटमा देख्दा उत्साहित भएको पनि जानकारी दिएको छ। यधपि यो एतिहासिक पपललाई यश राज फिल्म्सले सार्वजनिक नगर्ने निर्णय गरेको छ भने, हाल सम्म शाहरुख खान संग ‘पठान’ फिल्मको ऑफ़िशियल जानकारी पनि गरेको छैन। फिल्म पठानमा शाहरुखको अपोजिटमा दिपिका पादुकोण देखापर्दैछिन भने नायक जोन अब्राहम विलेनको रुपमा देखापर्दैछन्।
सिद्धार्थ आनंदको निर्देशन रहने फिल्म ‘पठान’ मा सलमान खान आफ्नो फिल्म टाइगर फ़्रैंचाइजीको ‘टाइगर‘ भूमिकामा स्पेशल रोल केमियो गर्दैछन्।
थप समाचार

तपाईको प्रतिक्रिया