Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

सलमान खान ‘सेल्फ आइसोलेशन’मा

बलिउड सुपरस्टार सलमान खान ‘सेल्फ आइसोलेशन’मा बसेका छन् । सलमानको घरका तीन सदस्यमा कोरोना देखिएपछि उनी १४ दिनको लागि ‘सेल्फ आइसोलेशन’ मा बसेका हुन्। भारतीय संचार माध्यमका अनुसार सलमानको पर्सनल ड्राइभर अशोक र घरमा काम गर्ने दुई व्यक्तिमा कोरोना देखिएको हो । कोरोना पोजेटिभ देखिएको व्यक्तिहरुलाई हस्पिटलमा भर्ना गरिएको छ । यद्यपि सलमान खान र उनको परिवारबाट हालसम्म कुनै अधिकारिक जानकारी भने आएको छैन। सलमान खान हाल ‘बिग बोस १४’ मा होस्टको रुपमा ब्यस्त रहेका छन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि