Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

फिल्म समीक्षक गोकर्ण गौतमको निधन

लामो समय देखि पत्रकारितामा कलम चलाउँदै आएका गोकर्ण गौतमको बिहीवार निधन भएको छ । बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो) अस्पतालमा गौतमको निधन भएको हो । मष्तिष्कको नशामा समस्या आएपछि उनी सोमबार बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो) अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्य अवस्था अझ गम्भीर भएपछि उनको शल्यक्रिया गरिएको थियो भने शल्यक्रियाको क्रममा नै रक्तश्राव भइ उनको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । गौतमको बिहीवार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।

गहन ढंगले फिल्म समीक्षा गर्ने पत्रकारको रुपमा परिचित ३१ वर्षिय गौतम गत वर्ष मात्र बैबाहिक जीवनमा बाँधिएका थिए। करिश्मा मानन्धर, केकी अधिकारी, प्रदीप भट्टराई, मनोज गजुरेल, निश्चल बस्नेत, रमेश उप्रेतीलगायतका फिल्मकर्मीहरुले गौतमको निधन प्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि