आगामी कमेडी फिल्मको लागि ‘१०० करोड’ पारिश्रमिक लिदै नायक अक्षय कुमार ?

बलिवुड नायक अक्षय कुमार बैक-टू-बैक सफल चलचित्र दिइरहेका नायक हुन्। हाल उनलाई बलिवुड ग्यारन्टी कुमार पनि भन्ने गरिन्छ। पछिल्लो २ बर्षमा अक्षय कुमार करिब ८ वटा फिल्म सुपरहिट दिएका छन। सानो बजेटमा निर्मातालाई ठुलो फाइदा दिने कलाकारको छवि बनाएका अक्षय कुमारलाई उनको आगामी कमेडी शैली फिल्मको लागि १०० करोड पारिश्रमिक दिएको भारतीय संचार माध्यममा उल्लेख छ। कमेडी फिल्म र अक्षयको गहिरो नाता छ ,उनको कमेडी फिल्म हेर्न आज पनि दर्शकहरु आतुर हुन्छन। निर्देशक मुदस्सर अज़ीज संगै निर्माता जैकी र वासु भगनानीको कमेडी फिल्ममा अक्षय कुमार देखापर्दैछन जसको लागि निर्माताहरुले मोटो पारिश्रमिक दिएको खबर चर्चाको बिषय बनेको छ। अक्षय कुमार दिन प्रतिदिन कम बजेटमा निर्मातालाई ठुलो फाइदा दिने कलाकारको सम्राट बन्दै गैरहेका छन ,उनि मोटो रकम लिएता पनि निर्मातालाई नाफा दिलाउन पनि सफल हुने भएकाले निर्माताहरु सहज रुपमा उनलाई साइन गर्छन। उनको आगामी कमेडी फिल्मको बजेट ३५ देखि ४० करोडको छ भने अक्षयको फिस १०० करोड हुदा लगभग फिल्मको बजेट १५० करोड हुन जानेछ जसमा, निर्माताहरु फिल्मले मुनाफा कमाउनेमा दुक्क छन।
अक्षयको यो कमेडी फिल्म सन् २०२१ को जुलाईमा छायंकन सुरु हुने छ भने फिल्म सन् २०२२ को अप्रिलमा रिलिज गर्ने योजना निर्माण पक्षको रहेको छ।
थप समाचार

तपाईको प्रतिक्रिया