Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको आज जन्मदिन,कति बर्ष पुगिन त ?

नेपाली चलचित्र क्षेत्रकि हट नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको आज जन्मदिन परेको छ। वि.सं २०५२ साल मंसिर २ गते पिता महेश विक्रम शाह र आमा नेहा राज्यलक्ष्मी शाह को कोखबाट जन्मिएकी साम्राज्ञी आज २५ औं जन्मदिन मनाइरहेकी छिन् । चलचित्र ‘ड्रिम्स’ बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेकी साम्राज्ञी स्टार नायिका हुन्। दोश्रो चलचित्र ‘ए मेरो हजुर २’ हिट भएपछि उनको करिअरले झन् गति लिएको थियो भने ‘तिमी सँग, कायरा, मारुनी, रातो टिका निधारमा’ जस्ता चलचित्रले उनलाई सफलताको स्वाद चखाउन सकेन। लकडाउन अवधीभर नायक भूवन केसीसँगको वाकयुद्धले राम्रै चर्चा पाएकी साम्राज्ञी बेला-बेलामा विवादमा पनि फस्दै आएकी छिन। समग्रमा उनको करिअर सफलता, असफलता, विवादको मिश्रण भएता पनि यूवापुस्ता माझ उनको लोकप्रियता दिन प्रतिदिन झन्  बढ्दै गएको छ।

तपाईको प्रतिक्रिया

...र यो पनि