Date
बुध, मंसिर १०, २०७७
Wed, November 25, 2020

प्रदिप खड्का गाउँलेको भूमिका गर्ने तयारीमा

चलचित्र ‘प्रकाश’को लागि नायक प्रदिप खड्का जुम्ला पुगेका छन् । गाउँको एक युवाको कथा रहने उक्त चलचित्रमा आफ्नो भूमिकालाई न्याय दिनका लागि उनी कडा मिहिनेत गरिरहेका छन् । यहि चलचित्रका लागि उनले ३ महिना निर्देशक अनुप बरालसँग अभिनय कोर्ष लिइसकेका छन् ।

चलचित्रको लोकेशन हेर्नका लागि यतिबेला यसका निर्देशक दिनेश राउत, नायक प्रदिप खड्का र लेखक विकास सुवेदी जुम्ला पुगेका छन् । चलचित्रले पिछडिएको एक गाउँको एक युवाको जीवन संघर्षलाई पर्दामा उतार्नेछ ।

चलचित्रको छायांकन कर्णालीको विभिन्न स्थानमा हुनेछ र छायांकन चाँडै सुरु गर्ने तयारी निर्माणपक्षको छ ।

तपाईको प्रतिक्रिया