Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

‘चिलगाडी’मा संगीत काली प्रसाद बास्कोटाले दिने

काठमाडौँ । सेलिब्रेटी नेपालको ब्यानरमा सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्ने चलचित्र ‘चिलगाडी’मा संगीतकार काली प्रसाद बास्कोटा अनुबन्ध भएका छन् । नेपाल आइडलका एक निर्णायक तथा पारी त्यो डाँडामा, माया पिरती, निरा जहिले रिसाउने, लप्पन छप्पन, साली मन पर्यो जस्ता चर्चित गीतका संगीतकार बास्कोटा बीच ‘चिलगाडी’को लागि निर्माता र निर्देशक सहित बसेर सम्झौता भएको छ ।

चलचित्रमा मुख्य अभिनेतामा नाजिर हुसेन अनुबन्ध भईसकेका छन् । नाजिरको अपोजिट नायिकाको लागि रोल सुहाउने अभिनेत्रीको खोजि कार्य भई रहेको निर्माण टिमले फिल्मीइन्फोलाई जानकारी गराएको छ ।
फागुनमा फ्लोरमा जाने तयारीमा रहेको चलचित्र २०७८ सालको दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

तपाईको प्रतिक्रिया

...र यो पनि