अक्षय कुमारको नयाँ चलचित्र ‘राम सेतु’ को फस्टलुक सार्वजनिक

बलिउड नायक अक्षय कुमारले नयाँ चलचित्रको घोषणा गरेका छन् । दिपावलीको अवसरमा सामाजिक संजाल मार्फत अक्षयले चलचित्र ‘राम सेतु’ को फस्टलुक पनि सार्वजनिक गरेका छन् । सार्वजनिक फस्टलुकमा अक्षय बिल्कुलै फरक लुकमा देख्न सकिन्छ। चलचित्रको फस्टलुक तस्बिर अक्षय कुमारले पहिलो पटक हिन्दि र इंग्लिश दुवैमा सार्वनजिक गरेका छन।
नयाँ चलचित्रको घोषणा गर्दै अक्षयले लेखेका छन् ”भारतको आर्दश र महानायक भगावन् श्री रामको स्मृतीलाई यूगौयूगसम्म भारतको चेतनामा सुरक्षित राख्नका लागि यस्तो एउटा सेतु बनाउने हाम्रो सानो प्रयास भएको छ जसले, भावी पिढीलाई रामसँग जोडेर राख्नेछ ।”
थप समाचार

तपाईको प्रतिक्रिया